सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमााडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Sponsored Advertisement

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले हुन आउने करसहितको ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

थप समाचार