Below Menu
Below Menu

विद्युत बिक्री आम्दानीसँगै घट्यो रु रु जलविद्युतको नाफा 

विद्युत बिक्री आम्दानीसँगै घट्यो रु रु जलविद्युतको नाफा 

काठमाडौं : रु रु जलविद्युत परियोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १.११ प्रतिशतले कम हो । गत वर्षृको पुस मसान्तसम्म कम्पनीले ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको वित्तीय खर्च घटे पनि विद्युत बिक्री आम्दानी घटेका कारण कम्पनीको खुद नाफा घटेको हो । 
यस अवधिमा विद्युत बिक्री मार्फत ९ करोड १३ लाख रुपैयाँ कमाएको छ ।

उक्त आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ०.१८ प्रतिशतले कम हो । गत आवको सोही अवधमिा कम्पनीले ९ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

यस अवधिमा कम्पनीको वित्तीय खर्च ३१.५१ प्रतिशतले घटेको छ । त्यस्तै कुल नाफा ३.४८ प्रतिशतले घटेर ६ करोड ८२ लाख रुपैयाँमा सिमित भएको छ भने वित्तीय आम्दानी ७९.७८ प्रतिशतले घटेको छ । 

पुस मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा कम्पनीको इपीएस ०.२७ रुपैयाँले घटेर २३.९० रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.७८ गुणा रहेको छ ।


 

Advertisment

थप समाचार