काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ८ अर्ब २८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ९.९९ प्रतिशतले बढी हो । त्यस्तै खुद दाबी भुक्तानी १२.३३ प्रतिशत बढेको छ भने कुल आम्दानी १२.२२ प्रतिशत बढेको छ । कम्पनीको कुल खर्च ११.७९ प्रतिशतले बढेको छ ।
५ अर्ब १ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४९ करोड ६३ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको प्रतिसेयर आम्दानी बढेर १० रुपैयाँ १८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा छ ।
Advertisment