काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६०.७१ प्रतिशतले कम हो । गत वर्षको पुससम्म कम्पनीले एक करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेपनि र सञ्चालन नाफा घट्दा खुद नाफा घटेको हो । यसका साथै संस्थाको वित्तीय खर्च बढेका कारण पनि नाफामा असर परेको हो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खराब कर्जा २.९३ प्रतिशतबाट बढेर ३.५९ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.११ प्रतिशतले बढेर ११ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, लघुवित्तको खुद सञ्चालन आम्दानी ५.०३ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ६०.७१ प्रतिशत घटेको छ । गत आवको सोही अवधिमा एक करोड ९१ लाख रुपैयाँ सञ्चालन नाफा रहेको संस्थाको यस्तो नाफा यस अवधिमा आइपुग्दा घटेर ७५ लाख ११ हजार रुपैयाँमा सिमित भएको छ ।
यस अवधिमा आइपुग्दा कम्पनीको इम्पेरिमेन्ट चार्ज एक करोड ३५ लाख रुपैयाँबाट घटेर ७८ लाख ३१ हजार रुपैयाँ कायम भएको छ । पुस मसान्तसम्म लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेर ३ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५.६२ गुणा रहेको छ ।
Advertisment