Below Menu
Below Menu

इम्पेरिमेन्ट चार्ज बढ्दा स्वरोजगार लघुवित्तको नाफामा असर 

इम्पेरिमेन्ट चार्ज बढ्दा स्वरोजगार लघुवित्तको नाफामा असर 

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफागत आवको सोही अवधिको तुलनामा २२.४२ प्रतिशतले कम हो । गत वर्षको पुससम्म संस्थाले ५ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीेको खराब कर्जा बढ्नुका साथै खुब ब्याज आम्दानी घटेका कारण नाफा घटेको हो । यसका साथै संस्थाको इम्पेरिमेन्ट चार्ज बढेका कारण पनि नाफामा असर परेको हो । 

गत आवको सोही अवधिमा ४.४४ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर समीक्षा अवधिसम्म ५.८९ प्रतिशत पुगेको छ । जसका कारण इम्पेरमेन्ट चार्ज १ करोड ४४ लाख रुपैयाँबाट बढेर २ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि १२.४६ प्रतिशतले घटेको छ । गत वर्षको पुससम्ममा १९ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको संस्थाको ब्याज आम्दानी यस अवधिमा १६ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ । 

पुस मसान्तसम्म आइपुग्दा संस्थाको सञ्चालन नाफा २२.४२ प्रतिशतले घटेको छ भने कसल सञ्चालन आम्दानी ३.१२ प्रतिशतले घटेको छ । संंस्थाको चुक्तापुँजी ६२ करोड ७२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड ६५ लखा रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १२.४९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५२.७५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४२.५ रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार