काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १४.५७ अंकले बढेर २०७६.२७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको । आज बजारमा दुई अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा समाज लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सामलिङ पावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment