Below Menu
Below Menu

नेपाल लाइफ इन्स्योरेन्सले कमायो साढे ४२ करोड बढी नाफा, इपीएस कति ? 

नेपाल लाइफ इन्स्योरेन्सले कमायो साढे ४२ करोड बढी नाफा, इपीएस कति ? 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अन्सार कम्पनीले यस अवधिमा ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १२.९० प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३७  करोड ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा इन्स्योरेन्सका खुद दाबी भुक्तानी १०.८८ प्रतिशत बढेको छ । त्यस्तै इन्स्योरेन्सको कुल आम्दानी १०.७१ प्रतिशत बढेको छ भने कुल खर्च ९.७० प्रतिशत बढेको छ ।

समिक्षा अवधिमा कम्पनीले २० अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७.३७ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सले १८ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा गत वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.१३ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले १९ अर्ब ७१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

आठ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियममा चार करोड रुपैयाँ सञ्चित गरेको छ । यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा एक अर्ब ४ करोड ८४ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ३ करोड १७ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनको खर्च पनि घटाएको छ । पुस मसान्तसम्म इन्स्योरेन्सले अभिकर्ता कमिशनमा एक अर्ब ४९ करोड २२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक अर्ब ५३ करोड ८० लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको नाफासँगै वार्षिक प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्षको पुससम्म ९.२३ रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी बढेर १०.४२ रुपैयाँ पुगेको छ । यस अवधिमा इन्स्योरेन्सको मस्ल्य आम्दानी अनुपात ६२.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८.१ रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार