Below Menu
Below Menu

इम्पेरिमेन्ट चार्ज बढ्दा छिमेक लघुवित्तको नाफामा असर, इपीएस पनि घट्यो 

इम्पेरिमेन्ट चार्ज बढ्दा छिमेक लघुवित्तको नाफामा असर, इपीएस पनि घट्यो 

काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा ४३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २१.५५ प्रतिशतले कम हो । गत वर्षको पुससम्म कम्पनीले ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी घट्नुका साथै खराब कर्जा बढ्दा खुद नाफा घटेको हो । यसका साथै संस्थाको इम्पेरिमेन्ट चार्ज बढेका कारण पनि नाफामा असर परेको हो ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खराब कर्जा ०.९४ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.५९ प्रतिशतले घटेर एक अर्ब ३८ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, लघुवित्तको खुद सञ्चालन आम्दानी ७.३५ प्रतिशतले घटेको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी ३४.९३ प्रतिशत र सञ्चालन मुनाफा २३.०६ प्रतिशत घटेको छ । 

यस अवधिमा आइपुग्दा कम्पनीको इम्पेरिमेन्ट चार्ज २० करोड २९ लाख रुपैयाँबाट बढेर २४ करोड ८ लाख रुपैयाँ कायम भएको छ । पुस मसान्तसम्म लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेर २९.३० रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको मूल्य आम्दानी अनुपात २९.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ५२ पैसा रहेको छ ।
 

Advertisment

थप समाचार