Below Menu
Below Menu

खराब कर्जा बढ्दा गणपति लघुवित्तको नाफामा असर, इपीएस पनि घट्यो 

खराब कर्जा बढ्दा गणपति लघुवित्तको नाफामा असर, इपीएस पनि घट्यो 

काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा एक करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५.३३ प्रतिशतले कम हो । गत वर्षको पुससम्म कम्पनीले एक करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढ्दा खुद नाफा घटेको हो । यसका साथै संस्थाको इम्पेरिमेन्ट चार्ज रिभर्स रहेका कारण पनि नाफामा असर परेको हो ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खराब कर्जा १.८४ प्रतिशतबाट बढेर ४.६६ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.७० प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्तको खुद सञ्चालन आम्दानी २७.३९ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ५.३३ प्रतिशत घटेको छ । 

यस अवधिमा आइपुग्दा कम्पनीको इम्पेरिमेन्ट चार्ज एक करोड ९० लाख रुपैयाँ रिभर्स भएको छ । पुस मसान्तसम्म लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेर १४.१८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४६.७४ रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार