काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा दुई करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६२.२५ प्रतिशतले कम हो । गत वर्षको पुससम्म कम्पनीले ९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी घटेसँगै बढेपनि खराब कर्जा बढ्दा खुद नाफा घटेको हो । यसका साथै संस्थाको इम्पेरिमेन्ट चार्ज बढेका कारण पनि नाफामा असर परेको हो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खराब कर्जा ४.८९ प्रतिशतबाट बढेर ८.८६ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेको भने खुद फि तथा कमिशन आम्दानी २०.९१ प्रतिशत र सञ्चालन आम्दानी ५.२५ प्रतिशतले बढेको छ । यस अवधिमा सञ्चालन मुनाफा ६१.९६ प्रतिशत घटेको छ ।
यस अवधिमा आइपुग्दा कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेर ७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेर ६.७८ रुपैयाँ झरेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ८८.८१ गुणा रहेको भने प्रतिशेयर नेटवर्थ १८१.३८ रुपैयाँ रहेको छ ।
Advertisment