Below Menu
Below Menu

खराब कर्जा चुलिँदा सामुदायिक लघुवित्त नोक्सानीमा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक 

खराब कर्जा चुलिँदा सामुदायिक लघुवित्त नोक्सानीमा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक 

काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा तीन करोड १९ लाख ८९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको  छ ।

गत आवको सोही अवधिको ३१ लाख ७२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । समिक्षा अवधिमा संस्थाको खराब कर्जा बढ्दा नोक्सानी झन् थपिएको हो । यसका साथै संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण पनि नाफामा असर गरेको हो । 

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खराब कर्जा ९.०४ प्रतिशतबाट बढेर १४.६५ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९.०५ प्रतिशतले घटेको भने संस्थाले १९ करोड २५ लाख ८८ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । 

पुस मसान्तसम्म लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि ५५.०८ रुपैयाँ ऋणात्मक छ । प्रतिशेयर नेटवर्थ १२२.६७ रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार