Below Menu

राष्ट्रिय जीवन बीमा कम्पनीले प्रतिहजार ६५ रुपैयाँ बोनसदर दिने 

राष्ट्रिय जीवन बीमा कम्पनीले प्रतिहजार ६५ रुपैयाँ बोनसदर दिने 

काठमाडौं  : राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । साविकको राष्ट्रिय बीमा संस्थानले आव २०६७/६८ देखि आव २०६९/७० सम्मको इन फोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितिको दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्गीय मूल्याङ्कन प्रतिवेदन अनुसार नयाँ बोनसदर कायम गरेको हो । 

नेपाल बीमा प्राधिकरणबाट माघ १७ गतेको पत्रबाट स्वीकृत भए अनुसार यस कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस दिने गरी) जारी गरेको सबै किसिमका बीमालेखहरुमा प्रति वर्ष प्रति बीमाङ्गमा ६५ बोनस दर कायम गरेको हो ।

साथै बोनस दर बीमाङ्गीय मूल्याङ्कनको आधारमा परिवर्तनशिल रहने कम्पनीले जनाएको छ । 

थप समाचार