काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा २१ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ९६.५३ प्रतिशतले कम हो । गत वर्षृको पुस मसान्तसम्म कम्पनीले ६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेपनि वित्तीय खर्च बढेका कारण कम्पनीको खुद नाफा घटेको हो । यस अवधिमा विद्युत बिक्री मार्फत ६२ करोड ६६ लाख रुपैयाँ कमाएको छ । गत आवको सोही अवधमिा कम्पनीले २७ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च ९ करोड ८६ लाख रुपैयाँबाट बढेर २१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कुल खर्च बढेर ५३ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी २.७५ रुपैयाँ रहेको छ । यस अवधिमा प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ३१ पैसा रहेको छ । ५ अर्ब ७८ करोड ९७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटीमा १९ करोड १३ लाख रुपैयाँ रहेको छ ।
Advertisment