काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधराणसभा बोलाएइको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको हो ।
उक्त सभा सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट शेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामाआर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेका छन् ।
यसका साथै बोनस शेयर वितरण पश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ८ गते बुक क्लोज गर्ने भएको छ ।
जस अनुसार फागुन ७ गते प्रजातन्त्र दिवसमा शेयर बजार बन्द हुनेछ भएकाले फागुन ६ गतेसम्म कायम शेयरधीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
Advertisment