Below Menu
Below Menu

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स डाक्यो साधारण सभा, लाभांश नदिने 

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स डाक्यो साधारण सभा, लाभांश नदिने 

काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले २६ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैंठकले फागुन २० गते आइतबार लैनचौर वैङ्कैट, लैनचौर काठमाडौंमा बिहान १० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीले यस लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित नाफा, नोक्सान तथा नगद प्रवाह विषयमा छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले संस्थापक समूहबाट एक महिलासकित चार जना र सर्वसाधारण समूहबाट दुई जना प्रतिनिधित्व हुने गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । जस अनुसार फागुन ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

Advertisment

थप समाचार