झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एल एस क्यापिटल 

झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एल एस क्यापिटल 

काठमाडौं : झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न लागेको हो। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत गरी ५१ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले साधारण शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एल एस क्यापिटललाई नियुक्त गरेको छ । शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच कम्पनीको कर्पोरेट कार्यालय कुपन्डोलमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

जारी पूँजी २ अर्ब ५५ करोड रहेको कम्पनीले माछापुच्छे, गाउँपालिका कास्कीमा ३२ मे.वा. क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माणको काम ९० प्रतिशत सम्पन्न गरिसकेको छ । 

उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।
 

थप समाचार