Below Menu
Below Menu

सानिमा मिडल तमोरले घटायो नोक्सानी

सानिमा मिडल तमोरले घटायो नोक्सानी

काठमाडौं : सानिमा मिडल तमोर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक करोड ६३ लाख ४१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । 

गत आवको सोही अवधिमा कम्पनीले ४ करोड ३४ लाख रुपैयाँ घाटा व्यहारेको थियो । गत वर्षको तुलनामा भने कम्पनीले नोक्सानी घटाएको छ । 

यस अवधिमा कम्पनीको निर्माण तर्फको आम्दानी एक अर्ब ४७ करोड रुपैयाँमा कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी एक अर्ब ७५ करोड रुपैयाँ रहेको थियो । 

यस अवधिमा कम्पनीको वित्तीय आम्दानी भने बढेको छ । गत वर्ष ९ लाख २६ हजा रहेको यस्तो आम्दानी बढेर २६ लाख २ हजार रुपैयाँ पुगेको छ । जसका कारण कम्पनीले नोक्सानी घटाएको हो ।

यस अवधिमा कम्पनीको प्रशासनिक खर्च पनि घटेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनी यस्तो खर्च २ करोड २६ लाख रुपैयाँबाट घटेर एक करोड ९० लाख रुपैयाँ कायम भएको हो । 

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी ०.४९ रुपैयाँ नोक्सानीमा रहेको छ । यस अवधिमा प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ २८ पैसा रहेको छ ।

तीन अर्ब ३३ करोड २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन अर्निङ ९ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

Advertisment

थप समाचार