काठमाडौं : इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक करोड ३७ लाख हजार रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ७२.५३ प्रतिशतले बढी हो । गत वर्षृको पुस मसान्तसम्म कम्पनीले ७९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण कम्पनीको खुद बढेको घटेको हो । यस अवधिमा विद्युत बिक्री मार्फत ७ करोड ९४ लाख रुपैयाँ कमाएको छ ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च तीन करोड एक लाख रुपैयाँबाट बढेर २ करोड ७१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कुल खर्च घटेर २ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी २.२२ रुपैयाँ रहेको छ । यस अवधिमा प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ ९६ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोष १४ करा.ड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
Advertisment