काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४.९२ अंकले बढेर २०९०.६४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १५७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको । आज बजारमा तीन अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा दुई अर्ब ८४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा समाज लघुवित्त वित्तीय संस्था र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो । आज सिद्धार्थ ग्रोथ स्किम –३ को शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।
Advertisment