Below Menu

छ महिनामा वैदेशिक रोजगारीका साढे तीन हजार बढी उजुरी

छ महिनामा वैदेशिक रोजगारीका साढे तीन हजार बढी उजुरी

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा वैदेशिक रोजगार सम्बन्धी तीन हजार ४०० भन्दा बढी उजुरी परेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि पुस मसान्तसम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेका हुन् ।

विभागमा परेका उजुरीमध्ये एक हजार ५६० उजुरी मात्रै फर्छ्यौट भएको तथ्यांकमा उल्लेख छ  । जसबाट १३ करोड ८४ लाख ४५ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको छ ।

विभागका अनुसार यस अवधिमा विदेशमा अलपत्र परेका आफन्तको उद्धारका लागि भन्दै उद्धार राहत तथा समन्वय शाखामा मात्रै ६९० उजुरी परेका छन् । जसमा ४५ जनाको उद्धार गरिएको छ । उद्धारका लागि उजुरी दिएकाहरूमध्येबाट १७२ जनाले क्षतिपूर्ति पाएको विभगाले जनाएको छ ।

उद्धारका लागि आएका उजुरीहरूमध्ये ७९ उजुरीमा आपसी सहमति गराइएको विभागले जनाएको छ । त्यस्तै ६५ उजुरी फिर्ता गरिएको छ, भने १ तामेलीमा राखिएको विभागले जनाएको छ । उद्धारको लागि आएका उजुरीमध्ये ३६२ फर्छ्यौट भएका छन् । जसबाट १ करोड ३९ लाख ४६ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो ।

त्यस्तै मुद्दा तथा अनुसन्धान शाखामा ठगी सम्बन्धीका १ हजार १३० उजुरी परेका छन् । जसमा १९१ मिलापत्र गराइएको विभागले जनाएको छ । यसका साथै ८४ मुद्दा अदालत पठाइएको छ । ठगीका उजुरीबाट ११ करोड २ लाख ८९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको छ ।

यस अवधिमा विभाग परिसरभित्रै रहेको प्रहरी शाखामा वैदेशिक रोजगारीका १ हजार ६७५ उजुरी दर्ता भएका छन् । जसमध्ये विभागले ६५ उजुरीमा मिलापत्र गराइएको छ । भने ९२३ उजुरी फछ्र्योट गरिएको छ । प्रहरीमा परेका उजुरीहरूबाट १ करोड ४२ लाख ९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी गरिएको विभागले जनाएको छ ।
 

Sponsored Advertisment

Advertisment

थप समाचार