Below Menu
Below Menu

नागरिक लगानी कोषको नाफा साढे ५४ करोड माथि, प्रतिशेयर आम्दानी कति?

नागरिक लगानी कोषको नाफा साढे ५४ करोड माथि, प्रतिशेयर आम्दानी कति?

काठमाडौं : नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कोषले ५४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६.३८ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिसम्ममा कोषले ५१ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

समिक्षा अवधिमा कोषको ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । पुस मसान्तसम्म कोषको ब्याज आम्दानी ८.०७ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२.०९ प्रतिशत बढेको छ । त्यसैगरी, कोषको कुल आम्दानी १०.८१ प्रतिशत बढेको छ भने कुल खर्च ३१.०२ प्रतिशत बढेको छ ।

पसस मसान्तसम्म आइपसग्दा कोषको नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ । पुस मसान्तसम्म कोषको प्रतिशेयर आम्दानी घटेर २० रुपैयाँ ५५ पैसामा सीमित भएको छ । प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०७.७८ गुणा रहेको छ ।
 

Advertisment

थप समाचार