काठमाडौं : नेपाल रिपब्लिक मिडियाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ४२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
गत आवको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको आम्दानी घटेसँगै कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको आम्दानी ४४.८८ प्रतिशत घटेको । त्यस्तै, कुल आम्दानी २७.४९ प्रतिशत घटेको छ। यस अवधिमा कम्पनीको वित्तीय खर्च भने ३९.२८ प्रतिशत घटेको भने सञ्चालन मुनाफा ७४.५८ प्रतिशत घटेको छ ।
पुस मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ९३ पैसा रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रुपैयाँ रहेको छ भने यस अवधिमा रिटेन्ड अर्निङ्ग ५१ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
Advertisment