काठमाडौं : युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ४२ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २३.८० प्रतिशतले कम हो । गत वर्षको पुससम्म कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधमिा कम्पनीको कुल आम्दानी १४.५० प्रतिशत घटेको छ भने कुल खर्च १०.६९ प्रतिशत घटेको छ ।
समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी घट्दा नाफामा असर परेको हो । पुस मसान्तसम्म कम्पनीले एक अर्ब ८४ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । जुस गत वर्षको तुलनामा तुलनामा १६.२० प्रतिशत कम हो । गत आवको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २ अर्ब २० करोड रुपैयाँ थियो ।
गत आवको पुस मसान्तसम्ममा एक हजार १९९ रुपैयाँ ७८ पैसा रहेको कम्पनीको प्रतिशेयर आँदानी यस अवधिमा आइपुग्दा २८५.५६ रुपैयाँले घटेर ९१४ रुपैयाँ २२ पैसामा सीमित भएको छ । यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार २१४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.७५ गुणा रहेको छ ।
Advertisment