काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अन्सार कम्पनीले यस अवधिमा १८ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ६३.६२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ११ करोड २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा इन्स्योरेन्सको कर्जाबाट हुने आम्दानी २.९१ प्रतिशत बढेको छ कमिशन आम्दानी १३.१३ प्रतिशत घटेर १६ लाख १५ हजार रुपैयाँमा सिमित भएको छ ।
समिक्षा अवधिमा कम्पनीले एक अर्ब २२ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सले ९३ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन २७ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ४६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ३६ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
दुई अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३२ करोड २२ लाख रुपैयाँ सञ्चिती रहेको छ । यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ६ करोड १६ लाख रुपैयाँ र अन्य इक्विटीमा ३० करोड ६५ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनको खर्च बढाएको छ । पुस मसान्तसम्म इन्स्योरेन्सले अभिकर्ता कमिशनमा २ करोड २६ लाख रुपैयाँ खर्चिएको छ ।गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५ लाख रुपैयाँ खर्चिएको थियो ।
यस अवधिमा कम्पनीको नाफासँगै वार्षिक प्रतिशेयर आम्दानी १६.०२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९४.८५ रुपैयाँ रहेको छ ।
Advertisment