Below Menu
Below Menu

सानिमा जिआईसी इन्स्योरेन्सको नाफा २०.९४ प्रतिशतले बढ्यो 

सानिमा जिआईसी इन्स्योरेन्सको नाफा २०.९४ प्रतिशतले बढ्यो 

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अन्सार कम्पनीले यस अवधिमा १० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २०.९४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ८ करोड ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा इन्स्योरेन्सको कुल दावी भुक्तानी भने ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यो ३६ करोड १९ लाख रुपैयाँ थियो । 

समिक्षा अवधिमा कम्पनीले ८६ करोड ५३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सले ७७ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन ३२ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले २९ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले २२ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

दुई अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ७५ लाख रुपैयाँ सञ्चिती रहेको छ । यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ३ करोड २९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १३ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनको खर्च पनि घटाएको छ । पुस मसान्तसम्म इन्स्योरेन्सले अभिकर्ता कमिशनमा एक करोड ३४ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक करोड ८० लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको नाफासँगै वार्षिक प्रतिशेयर आम्दानी पनि बढेर १०.५६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३७.९८रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार