Below Menu
Below Menu

सिटिजन लाइफको ‘लक इन’ अवधि फागुन २७ गते सकिने, चार लाख कित्ता बढी शेयर थपिदै 

सिटिजन लाइफको ‘लक इन’ अवधि फागुन २७ गते सकिने, चार लाख कित्ता बढी शेयर थपिदै 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन २७ गतेबाट सकिने भएको छ  । कम्पनीले सामुहिक लगानी कोषका लागि छ्ट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयरमध्ये ४ लाख ३४ हजार ९०६ कित्ता शेयरको लकइन पिरियड खुल्ला भएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । इन्स्योरेन्सले चुक्ता पुँजी एक अर्ब ७५ करोडको ३० प्रतिशत अर्थात एक करोड १२ लाख ५० हजार शेयर सर्वसाधारणमा जारी गरेको थियो । 

जसमध्ये सामुहिक लगानी कोषका लागि छ्ट्याएको ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता शेयरमा नेपाल धितोपत्र बोर्डका निर्देशन अनुसार ४ लाख ३४ हजार ९०६ कित्ता लक इनमा राखिएको थियो । 

नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते म्युचुअल फन्डहरुलाई बिक्री गरेको आईपीओ ६ महिनासम्म ‘लक इन’ राख्नु पर्ने व्यवस्था गरेको थियो । लक इन अवधि सकिएपछि म्युचुअल फन्डले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
 

Advertisment

थप समाचार