Below Menu
Below Menu

ब्याज आम्दानी बढ्दा साना किसान विकास लघुवित्तको नाफामा सुधार 

ब्याज आम्दानी बढ्दा साना किसान विकास लघुवित्तको नाफामा सुधार 

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा ४४ करोड २४ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १.७३ प्रतिशतले बढी हो । गत वर्षको पुससम्म संस्थाले ४३ करोड ४९ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।समिक्षा अवधिमा संस्थाको ब्याज आम्दानी र सञ्चालन नाफा बढेका कारण नाफामा सुधार आएको हो । 

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खराब कर्जा १.८५ प्रतिशतले बढेर २ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १६.५१ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १३.५८ प्रतिशतले बढेको छ । 

पुस मसान्तसम्म लघुवित्तको नाफा बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । यस अवधिमा संस्थाको यस्तो आम्दानी २३.२५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २३७.५२ रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार