Below Menu
Below Menu

जीवन विकास लघुवित्तको नाफा ३२.८७ प्रतिशतले घट्यो, इपीएस कति ? 

जीवन विकास लघुवित्तको नाफा ३२.८७ प्रतिशतले घट्यो, इपीएस कति ? 

काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १७ करोड ७७ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३२.८७ प्रतिशतले कम हो । गत वर्षको पुससम्म संस्थाले २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा संस्थाको ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण नाफामा प्रभावित भएको हो । 

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खराब कर्जा २.८३ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.८० प्रतिशतले घटेको भने सञ्चालन नाफा ३२.८७ प्रतिशतले घटेको छ । 

पुस मसान्तसम्म लघुवित्तको नाफा घटेसँगै प्रतिशेयर आम्दानी भने घटेको छ । यस अवधिमा संस्थाको यस्तो आम्दानी १३.१९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २३९.२२ रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार