काठमाडौं : अकामा होटल लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । होटलले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव सहित साधारणसभा बोलाएको हो । उक्त सभा फागुन १४ गते सोमबार कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही काठमाडौंमा बिहान ११ः३० बजे हुनेछ ।
सभामा कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्ने, हाल कायम चुक्ता पुँजीको १०० रुपैयाँ अंकति मूल्यको शेयर पुँजीलाई ५० रुपैयाँमा विभाजन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेका छन् ।
यसका साथै सभाले सञ्चालक तथा समितिका सदस्यहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने र सर्वसाधारणमा शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।
Advertisment