काठमाडौं : लिवर्टी इनर्जी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ७ करोड ११ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
गत आवको सोही अवधिमा कम्पनी एक करोड १५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । समिक्षा अवधिमा कम्पनीको विद्युुत बिक्री आम्दानी बढेपनि वित्तीय खर्च बढ्दा नोक्सानी थपिएको हो ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च १३ करोड ९२ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको वित्तीय खर्च ६ करोड १६ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८ करोड २५ लाख रुपैयाँबाट बढेर १४ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी ४.७४ रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिमा प्रतिशेयर नेटवर्थ ६२ रुपैयाँ ८५ पैसा रहेको छ ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने रिटेन अर्निङ ५५ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
Advertisment