Below Menu
Below Menu

बलेफी हाइड्रोपावरले बेच्यो ४९ करोड ४७ लाखको विद्युत, कम्पनी भने घाटामा 

बलेफी हाइड्रोपावरले बेच्यो ४९ करोड ४७ लाखको विद्युत, कम्पनी भने घाटामा 

काठमाडौं : बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले १६ करोड ७२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । 

गत आवको सोही अवधिमा कम्पनी १० करोड २६ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । समिक्षा अवधिमा कम्पनीको विद्युुत बिक्री आम्दानी बढेपनि वित्तीय खर्च बढ्दा नोक्सानी थपिएको हो ।

यस अवधिमा कम्पनीको वित्तीय खर्च ४० करोड ३४लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको वित्तीय खर्च ११ करोड ४२ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १५ करोड ७६ लाख रुपैयाँबाट बढेर ४९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । 

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी १८.३० रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिमा प्रतिशेयर नेटवर्थ ६७ रुपैयाँ ०१ पैसा रहेको छ । 

कम्पनीको चुक्ता पुँजी एक अर्ब ८२ करोड ७९ रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोष ६० करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

Advertisment

थप समाचार