Below Menu
Below Menu

साहस उर्जाको नाफा ११२.३३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

साहस उर्जाको नाफा ११२.३३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ४५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ११२.३३ प्रतिशतले बढी हो । गत वर्षको पुुससम्म कम्पनीले २१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । 

समिक्षा अवधिमा कम्पनीको विद्युुत बिक्री आम्दानी बढदा नाफा बढेको हो । यस अवधिमा कम्पनीको वित्तीय खर्च ६४ करोड ७६ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी एक अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको छ । 
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी २६.२१ रुपैयाँ रहेको छ । त्यस्तै यस अवधिमा मूल्य आम्दानी अनुपात २१.५२ गुणा रहेको भने प्रतिशेयर नेटवर्थ १७४.५५ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी तीन अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोष २ अर्ब ६० करोड ३८ लाख रुपैयाँ रहेको छ । 

Advertisment

थप समाचार