काठमाडौं : पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ४२ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले बढी हो । गत वर्षको पुुससम्म कम्पनीले ४१ लाख १३ रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युुत बिक्री आम्दानी बढ्दा नाफा बढेको हो । यस अवधिमा कम्पनीको वित्तीय खर्च ९९ लाख ६२ हजार रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको वित्तीय खर्च ५५ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी दुई करोड ९० लाख ९९ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले एक करोड ४० लाख ८३ हजार रुपैयाँको विद्युत बेचेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी ४.६९ रुपैयाँ रहेको भने प्रतिशेयर नेटवर्थ ९७.४७ रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोष एक करोड ५९ लाख ६४ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
Advertisment