काठमाडौं : इमर्जिङ नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ४९ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५५.५९ प्रतिशतले कम हो । गत वर्षको पुुससम्म कम्पनीले एक करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युुत बिक्री आम्दानी घट्दा नाफामा असर परेको हो । पुस मसान्तसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३१ लाख ५५ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३६ लाख ८९ हजार रुपैयाँको विद्युत बेचेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी ३.५३ रुपैयाँ रहेको भने प्रतिशेयर नेटवर्थ १०५.७६ रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोष तीन करोड १९ लाख ८६ हजार रुपैयाँ रहेको छ ।
Advertisment