Below Menu
Below Menu

विदेशी विनिमय कारोबार गर्ने संस्थालाई थप गरिए यस्ता प्रावधान  

विदेशी विनिमय कारोबार गर्ने संस्थालाई थप गरिए यस्ता प्रावधान  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत पाएका संस्थालाई थप व्यवस्गथा लागु गरेको छ । राष्ट्र बैंकले  एकीकृत परिपत्र – २०८० को एकीकृत इ. प्रा. परिपत्र: १३/२०८० को दफा ६ मा विभिन्न संशोधन गर्दै थप व्यवस्था लागू गरेको हो । 

नयाँ व्यवस्था अनुसार अब आफ्नो व्यवसाय ठेक्का पट्टा वा व्यापारको सिलसिलामा जारी हुने बिड बन्ड, पर्फर्मेन्स बन्ड जस्ता कर्जा प्रवाह नगर्ने प्रयोजन भएका विदेशी बैंक ग्यारेण्टीहरु बैंक तथा वित्तीय संस्था आफैँले स्वीकार गर्न सक्नेछन् ।

यसैगरी नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (तेस्रो संशोधन सहित) को व्यवस्थाबमोजिम इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकले स्वदेशमा कर्जा प्रवाह गर्ने वा प्रवाह भइसकेको कर्जा सुरक्षण गर्ने प्रयोजनको लागि विदेशी बैंक तथा वित्तीय संस्थाका साथै विदेशी नियामक निकायबाट स्वीकृतिप्राप्त विदेशी पेन्सन फण्ड, हेज फण्ड, सरकारी/अन्तर–सरकारी स्वामित्वको विकास वित्त संस्थालगायतका कर्जा प्रवाह गर्ने संस्थाबाट जारी भएको वित्तीय जमानत आफैँले स्वीकार गर्न सक्नेछन् ।

यस्तो बैंक जमानत वा वित्तीय जमानत स्वीकार गर्दा नेपालबाट कुनै कमिशन, शुल्क, वा लागत तिर्नु पर्ने भएमा सोको स्वीकृति नेपाल राष्ट्र बैंकबाट लिनु पर्नेछ र त्यस्तो कमिशन, शुल्क, वा लागत दिइएक सीमाभित्र समेत रहनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंक आफैँले बैंक/वित्तीय जमानत (स्वदेशी मुद्रा समेत) जारी गर्दा लिने स्ट्यान्डर्ड ट्यारिफ अफ चार्जमा उल्लिखित न्यूनतम कमिशन, शुल्क, वा लागत भित्र रहनु पर्नेछ । त्यस्तो कमिशन, शुल्क, वा लागत प्रति वर्ष १.५ प्रतिशतभित्र भन्दा कम हुनुपर्नेछ ।

विदेशी लगानी भएका इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकका हकमा भने आफ्नो विदेशी लगानीकर्ता बैंक तथा वित्तीय संस्थाबाट जारी भएको बैंक/ वित्तीय जमानत यस्तो प्रयोजनको लागि स्वीकार गर्न सक्ने छैनन् ।
 

Advertisment

थप समाचार