काठमाडौं : एन आई सी एशिया लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ ।
प्रकाशित विवरण अनुसार लघुवित्तको खराब कर्जा बढेर १३.७६ प्रतिशतमा पुगेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ३.३८ प्रतिशत मात्रै थियो ।
यसअवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेको छ । खुद ब्याज आम्दानी २७.०८ प्रतिशतले घटेर ३९ करोड ९३ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा ८९.६२ प्रतिशतले घटेर २ करोड २१ लाख १५ हजार रुपैयाँमा आएको छ ।
लघुवित्तको नाफा ९९.२६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले यस वर्षमा ११ लाख ६ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ ।
पुस मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०८ पैसाले घटेर १३ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ १५ पैसा छ । चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ।
Advertisment