Below Menu
Below Menu

एसियन लाइफ इन्सुरेन्सको नाफामा सामान्य सुधार

एसियन लाइफ इन्सुरेन्सको नाफामा सामान्य सुधार

काठमाडौं : एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

दोस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीले १५ करोड ९८ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ११.४५ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले १४ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट १ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तो नाफा गत वर्षको भन्दा ९.४२ प्रतिशतले धेरै हो । गत वर्ष यसले १ अर्ब ५४ करोड आम्दानी गरेको थियो । 

पुससम्म कम्पनी ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ९.६१ प्रतिशतले धेरै हो । गत वर्ष यसले ३ अर्ब २६ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको यसै अवधिमा कुल दाबी भुक्तानी ९२ करोड ४५ लाख थियो भने यस अवधिमा २ अर्ब १४ करोड रुपैयाँ छ । ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४४ करोड ८१ लाख छ ।

कम्पनीको जीवन बिमा कोषमा ४० अर्ब ९ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ०२ पैसा छ भने प्रतिसेयर नेटवर्थ भने १२० रुपैयाँ ९३ पैसा रहेको छ । 

Advertisment

थप समाचार