Below Menu
Below Menu

हिमालयन रि इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद निष्काशन गर्ने, फागुन २० मा डाक्यो साधारण सभा

हिमालयन रि इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद निष्काशन गर्ने, फागुन २० मा डाक्यो साधारण सभा

काठमाडौं : हिमालयन रि इन्स्योरेन्स लिमिटेडले फागुन २० गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै लाभांश तथा हकप्रद पारितको प्रस्तावसहित साधारण सभा आह्वान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ जसअनुसार फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisment

थप समाचार