काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्र व्त्तिीय विवरण अनुसार कम्पनीले यस अवधिमा १४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६७.६७ प्रतिशतले कम हो । गत वर्षको पुससम्म कम्पनीले ४५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिका कम्पनीको बिक्री लागत बढ्नुका साथै अन्य आम्दानी घटेका कारण नाफामा असर परेको हो । यस अवधिमा कम्पनीको कस्ट अफ सेल्स (बिक्री लागत) ११.३४ प्रतिशतले बढेको छ ।
पुस मसानतसम्म कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ३४ करोड ३० लाखबाट बढेर ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी ३२ करोड ३६ लाख रुपैयाँबाट घटेर १७ करोड २ लाख रुपैयाँ कायम भएको छ ।
शिवम् सिमेन्ट्सको चुक्ता पुँजी ५ करोड २ करोड ७० लाख रुपैयाँ रहेको छ । कम्पनीको शेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा देखिएको छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ६९ पैसा छ ।
Advertisment