Below Menu
Below Menu

सिटी होटल्सले घटायो नोक्सानी, प्रतिशेयर आम्दानी भने ऋणात्मक 

सिटी होटल्सले घटायो नोक्सानी, प्रतिशेयर आम्दानी भने ऋणात्मक 

काठमाडौं : सिटी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ११ करोड ७९ लाख ९९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

गत वर्षको सोही अवधिमा १३ करोड २४ लाख ८० हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । गत आवको सोही अवधिको तुलनामा भने होटलको नोक्सानी घटेको हो । 

समिक्षा अवधिमा होटलको सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो । यस  अवधिमा सञ्चालन आम्दानी १४.६१ प्रतिशतले बढेर २४ करोड ३० लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा होटलले २१ करोड २० लाख ६९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

त्यस्तै यस अवधिमा होटलको कुल आम्दानी २४.९८ प्रतिशत बढेको छ भने कुल खर्च १८.३२ प्रतिशत बढेको छ। पुस मसान्तसम्म आइपुग्दा होटलको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०५ पैसा ऋणात्मक छ । प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ५० पैसा छ । 
 

Advertisment

थप समाचार