काठमाडौं : सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४.६४ प्रतिशतले बढी हो । गत वर्ष होटलले २५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको व्यवसायिक आम्दानीमा वृद्धि भएसँगै वित्तीय खर्च घट्दा नाफा बढेको हो ।
पुस मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल १ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा ३९.४४ प्रतिशतले बढी हो । गत वर्ष होटलले ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा होटलको सञ्चालन आम्दानी पनि ३० करोड ६२ लाख रुपैयाँबाट बढेर ३१ करोड ७९ लाख रुपैयाँमा भएको छ । त्यसैगरी, होटलको कुल खर्च १२.०८ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३.८२ प्रतिशत बढेको छ । यस होटलको वित्तीय खर्च भने ८५.१८ प्रतिशत घटेको छ ।
हाल होटलको चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ४८ करोड रुपैयाँ छ । पुस मसान्तसम्म होटलको प्रतिशेयर आम्दानी भने घटेर २.९७ रुपैयाँमा झरेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ८०.३६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६.७८ रुपैयाँ रहेको छ ।
Advertisment