काठमाडौं : हिमालयन डिष्ट्रिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासुम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४४.३८ प्रतिशतले कम हो । गत वर्षको पुसमा कम्पनीले २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो ।
यस अवधिमा कम्पनीको खुद बिक्री आम्दानी २६.१५ प्रतिशत घटेर ९५ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, कुल नाफा ३०.७३ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी २९.१३ प्रतिशत र सञ्चालन मुनाफा ४१.७६० प्रतिशत घटेको छ।
पुस मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । कम्पनीको इपीएस घटेर १२ रुपैयाँ २५ पैसामा झरेको हो । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३९.७९ गुणा रहेको छ ।
Advertisment