Below Menu
Below Menu

ओरियन्टल होटलले कमायो ५ करोड बढी नाफा, इपीएस पनि बढ्यो 

ओरियन्टल होटलले कमायो ५ करोड बढी नाफा, इपीएस पनि बढ्यो 

काठमाडौं : दि ओरियन्टल होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४६.२४ प्रतिशतले बढी हो । गत वर्ष होटलले ३ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको व्यवसायिक आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । 

पुस मसान्तसम्म ओरियन्टले व्यवसायबाट ५६ करोड एक लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २७.५७ प्रतिशतले बढी हो । गत वर्ष होटलले ४३ करोड ९० रुपैयाँ आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा होटलको सञ्चालन आम्दानी पनि ७ करोड १२ लाख रुपैयाँबाट बढेर ९ करोड ६३ लाख रुपैयाँमा भएको छ । त्यसैगरी, होटलको कुल खर्च २२.६८ प्रतिशतले बढेको छ भने होटलको कुल नाफा २४.६१ प्रतिशतले बढेको छ ।

हाल होटलको चुक्ता पुँजी एक अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २ अर्ब ७३ करोड रुपैयाँ छ । पुस मसान्तसम्म होटलको प्रतिशेयर आम्दानी भने बढेर ९.४८ रुपैयाँमा पुगेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ९३.३२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ७८.८ रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार