काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ५.७४ अंकले घटेर २०९०.६४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६२ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो । आज एनआईसी एशिया ग्रोथ फण्ड –२ को शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।
Advertisment