Below Menu
Below Menu

सोमबार २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

सोमबार २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने र छ अर्ब रुपैयाँ बराबरको १८२ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी फागुन २९ गते, ९१ दिन अवधिको ट्रेजरी २०८१ जेठ १ गते र १८२ दिन अवधिको २०८१ साउन २९ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुने छ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि राष्ट्र राष्ट्र बैंकले सात अर्ब रुपैयाँ बराबरको १८२ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार