Below Menu
Below Menu

हिमालयन रि इन्स्योरेन्सको खुद नाफा ६० करोड २७ लाख, इपीएस कति?

हिमालयन रि इन्स्योरेन्सको खुद नाफा ६० करोड २७ लाख, इपीएस कति?

काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १५४.६५ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा ९२.८४ प्रतिशत बढेको छ भने कुल खर्च ८९.३५ प्रतिशत बढेको छ। त्यस्तै कुल दाबी भुक्तानी ५०.९० प्रतिशत बढेको छ।

१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ६९ करोड २८ लाख रुपैयाँ रहेको छ भने कम्पनीको सेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा छ ।

Advertisment

थप समाचार