Below Menu
Below Menu

अधिकांश बैंकले घटाए ब्याजदर, कुन बैंकको कति?

अधिकांश बैंकले घटाए ब्याजदर, कुन बैंकको कति?

काठमाडौं : वाणिज्य बैंकहरुले फागुन महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । नयाँ ब्याजदर अनुसार औसतमा ०.४० प्रतिशतले घटेको छ । व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर ७.७२ प्रतिशत कायम भएको छ । माघ महिनामा यस्तो ब्याजदर ८.१२ प्रतिशत छ। 

फागुन महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटेको छ  भने हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । सबैभन्दा धेरै ब्याज दिने बैंकमा एनएमबि बैंक रहेकाे छ । एनएमबिले ८.५० प्रतिशतसम्म  ब्याज दिने भएको छ । 

सबैभन्दा कम ब्याज दिने बैंकमा कृषि विकास बैंक रहेको छ । कृषि विकासले ६.४४३ प्रतिशतसम्म तोकेको छ । कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेप ०.८१७ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १.३१७ प्रतिशतले घटाएको हो । बैंकले संस्थागत मुद्दती निक्षेपमा ४.४४३ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै, नेपाल बैंकले फागुनमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज दिने भएको छ । व्यक्तिगत मुद्दतीतर्फ राष्ट्रिय वाणिज्य बैंकले ७.३५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ७.४ प्रतिशत, सानिमा बैंकले ७.५१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ प्रतिशत ब्याज दिने भएको छ । संस्थागततर्फको ब्याजदर क्रमशः ५.३५ प्रतिशत, ५.४ प्रतिशत, ५.५१ र ६ प्रतिशत रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.७२ प्रतिशतले घटाएको छ । संस्थागत मुद्दती निक्षेपतर्फ माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । 

त्यस्तै, प्रभु बैंकले व्यक्तिगत मुद्दतीतर्फ ७.५ प्रतिशत र संस्थागतर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दतीतर्फ क्रमशः ७.६ प्रतिशत, ७.७५ प्रतिशत, ८.१ प्रतिशत, ८.०१ प्रतिशत र ८ प्रतिशत ब्याज दिने भएका छन् । संस्थागततर्फ क्रमशः ५.६ प्रतिशत, ५.७५ प्रतिशत, ६.१ प्रतिशत, ६.०१ प्रतिशत र ६ प्रतिशत ब्याज दिने भएका छन् ।

Advertisment

थप समाचार