काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
समीक्षा अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले ४५ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४० करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको कुल खर्च २६.४३ प्रतिशत बढेको छ भने वित्तीय खर्च ४।८५ प्रतिशत घटेको छ। १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भन १६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ९ पैसा छ ।
Advertisment