Below Menu
Below Menu

नेपाल इन्स्योरेन्सको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ? 

नेपाल इन्स्योरेन्सको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अन्सार कम्पनीले यस अवधिमा ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २३२.३४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले १४ करोड ९७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा इन्स्योरेन्सको कर्जाबाट हुने आम्दानी ७१ करोड ४३ लाख ५३ हजार रुपैयाँ पुगेको । जुन ३४६.४५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिको कम्पनीको यस्तो आम्दानी १६ करोड रुपैयाँ रहेको थियो । त्यस्तै कमिशन आम्दानी पनि ७ करोड १३ लाख रुपैयाँबाट बढेर ७ करोड २३ लाख रुपैयाँ पुगेको छ । 

समिक्षा अवधिमा कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.४१ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सले ६८ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन ५.९५ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले २९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

एक अर्ब अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब २७ करोड ३३ लाख रुपैयाँ सञ्चिती रहेको छ । यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ८ करोड ९० लाख रुपैयाँ र रिटेन अर्निङमा २२ करोड ३२लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको नाफासँगै वार्षिक प्रतिशेयर आम्दानी ६०.५५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २०६.१४ रुपैयाँ रहेको छ ।


 

Advertisment

थप समाचार