काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अन्सार कम्पनीले यस अवधिमा २० करोड ८ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १५.९७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले १७ करोड ३१ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा इन्स्योरेन्सको कर्जाबाट हुने आम्दानी २० करोड ६३ लाख ५० हजार रुपैयाँ पुगेको । जुन १७.०७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिको कम्पनीको यस्तो आम्दानी १७ करोड ६२ लाख ६६ हजार रुपैयाँ रहेको थियो । त्यस्तै कमिशन आम्दानी पनि ०.११ प्रतिशतले घटेर २१ करोड ८१ लाख रुपैयाँमा झरेको छ ।
समिक्षा अवधिमा कम्पनीले एक अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १९.८० प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सले एक अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन ४.३२ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ७९ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ७६ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
दुई अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा दुई अर्ब ६२ करोड २६ लाख रुपैयाँ सञ्चिती रहेको छ । यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा १७ करोड २७ लाख रुपैयाँ र रिटेन अर्निङमा २५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५.३२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २३२.४५ रुपैयाँ रहेको छ ।
Advertisment